कांग्रेस महाधिवेशन : न समयमा मतदान, न समयमा मतगणना !

लोकपथ
819
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार बिहान ८ बजे लागि मतदानका लागि समय तोकिएको थियो । तर मतपत्र छपाइ लगायत कारण देखाउँदै समयमा मतगणना सुरु हुन सकेन । जसको कारण मतदानमा ढिलाइ हुन पुग्यो । त्यसको प्रत्यक्ष असर मत गणनामा परेको छ ।

बिहान १२ बजेतिरबाट सुरु भएको मतदान राति साढे ११ बजेमात्रै सकियो । त्यसो त मतपत्र समयमा नआइपुग्दा मतदान नै रोकिएको थियो । जसको कारण देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरुले आक्रोश व्यक्त गरेका थिए । लामो समय लाइनमा बस्नुपर्दा धेरै मतदाताहरुले कांग्रेसले निर्वाचनको राम्रो व्यवस्थापन गर्न नसकेको भन्दै नेतृत्वप्रति आलोचना गरेका थिए । भने कतिपय उम्मेदवारहरुले नै पार्टीले त्यसको राम्रो व्यवस्थापन गर्न नसकेको स्वीकार गरेका छन् ।

१३४ जनाको छनोटका लागि ४ हजार ६ सय ६९ जना प्रतिनिधिले मतदान गरेका छन् । कुल ४ हजार ७ सय ४३ जना प्रतिनिधि रहेको मध्ये ६४ जना मतदान प्रक्रियामा सहभागी भएनन् ।

राति १ बजेपछि हुने भनिएको मतगणनाको समय अझै सुरु हुन सकेको छैन । अझै केहिबेरपछि सुरु हुने निर्वाचन समितिले जनाएको छ। पहिलो चरणमा सभापतिको मतगणना हुनेछ । भने सभापतिको अन्तिम मत परिणाम आएपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरुको मत गणना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?