एक्जिट पोल : सभापतिमा पहिलो चरणमा कोहीपनि विजयी नहुने, गगन सर्वाधिक लोकप्रिय

लोकपथ
896
Shares

काठमाडौं । कांग्रेसको मतदान सम्पन्न भएलगत्तै सार्वजनिक भएको एक सर्वेक्षणमा सभापतिका कोही पनि उम्मेदवार पहिलो चरणमा विजयी नहुने देखिएको छ ।

फ्याक्ट रिसर्च एण्ड एनालाइटिकले गरेको सर्वेक्षणमा यस्तो देखिएको हो । कुल ११४८ जना महाधिवेशन प्रतिनिधिबीच गरिएको एक्जिट पोलमा देउवाले ४५ प्रतिशत मात्रै मत ल्याउने देखिएको छ भने शशांक कोइरालाले ३८, प्रकाशमान सिंहले ९ तथा विमलेन्द्य्र निधिले ८ प्रतिशत मत ल्याउन आँकलन गरिएको छ । यो हिसावले हेर्दा पहिलो चरणमा कसैले बहुमत नल्याउने हुँदा दोस्रो चरणमा चुनाव जाने देखिएको छ ।

कांग्रेसमा सभापतिमा विजयी हुन ५० प्रतिशत भन्दा बढी ल्याउनुपर्ने हुन्छ ।

यता महामन्त्रीमा गगन थापा सर्वाधिक लोकप्रिय देखिएका छन् । उनको पक्षमा ४८ प्रतिशत मत देखिएको छ भने त्यसपछि विश्वप्रकाश शर्मा लोकप्रिय रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?