कांग्रेसको निर्वाचनमा ४६७९ मत खस्यो, ६४ जनाले भोट हालेनन्

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वसहितको कार्यसमिति चयनका लागि भएको मतदानमा ४६७९ मत खसेको छ । ६४ जना प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको निर्वाचन समितिले जनाएको छ ।्

समितिका एक सदस्यले मतदान सकिएसँगै मतपेटिका सिलबन्दी गर्ने काम भइरहेको भन्दै सभापतिको मतगणना आवश्यक प्रक्रिया पूरा गरेर राति नै सुरु गर्ने जानकारी दिए ।

सभापतिको मतगणना मतदान भएकैस्थल राष्ट्रियसभा गृहमा हुनेछ । कांग्रेस सभापतिको दौडमा शेरबहादुर देउवा, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?