कांग्रेसको मतदान सकियो

लोकपथ
140
Shares

काठमाडाैं। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले मतदान सम्पन्न भएको जानकारी दिए । निर्वाचन समितिले अन्तिम पटक थपेको साढे ११ बजेको समयमा मतदान सम्पन्न भएको हो ।

निर्वाचन समितिले प्राविधिक काम सकेर रातिदेखि नै सभापतिको मतगणना सुरु हुने बताएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार मध्यान्ह १२ बजेदेखि मतदान भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?