राजधानीको कमलादीमा दिउँसै दुई समूहबीच खुकुरी हानाहान

काठमाडौं । राजधानीको कमलादीस्थित गणेश मन्दिर नजिक बुधबार दुई समूहबीच खुकुरी हानाहान भएको छ ।

खुकुरी हानाहान हुँदा नेपाल विद्यार्थी संघका  काैशल दाहाल घाइते भएका छन् । दाहालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई महानगरीय प्रहरी वृत दरबारमार्गको हिरासतमा राखिएको छ । उनीहरुको पहिचान खुलाइएको छैन ।

त्रिचन्द्र कलेजमा पढ्ने विद्यार्थीबीच विवादको कारण झगडा भएको बताइएको छ । विवाद के सम्बन्धमा थियो भन्नेबारे खुल्न बाँकी रहेको महानगरीय प्रहरी बृत कमलपोखरीका डिएसपी कुलदिप चन्दले जानकारी दिए । उनीहरुलाई सादा पोसाकमा खटिएको प्रहरी बृत्त कमलपोखरीको टोलीले पक्राउ गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?