९ माघ २०७८, आईतवार

पश्चिम दाङमा फैलिएको झाडापखाला नियन्त्रण हुँदै

२०७५,जेष्ठ,१६,बुधबार ०७:१५

0
Shares

दाङ । पश्चिम दाङको शान्तिनगर गाउँपालिका–३ र ४ मा गत शनिबारदेखि फैलिएको झाडापखाला नियन्त्रण हुँदैछ । 

आज चौथो दिन १५५ बिरामी उपचारका लागि आएकामा पाँच जनाको चिराघाट स्वास्थ केन्द्रमा उपचार भइरहेको, एक जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि पठाइएको र अन्य बिरामी उपचारपछि घर फर्किसकेको स्वास्थ्य केन्द्रले जनाएको छ । 

आज उपचारका लागि आएका समेत दाङमा झाडापखालाबाट प्रभावित हुने एक हजार ६३१ पुगेका छन् । आज आएका अधिकांश बिरामी सामान्य अवस्थाका रहेको स्वास्थ्य केन्द्रले जनाएको छ । 
आज पनि स्थानीय माइली पानी मुहान पूर्ण रुपमा बन्द गराइएको छ । प्रभावित सबै क्षेत्रमा तुलसीपुरबाट ट्यांकरमा पानी लगेर वितरण गरिएको छ । आज तुलसीपुर अञ्चल अस्पतालमा यसअघिका पाँच र आजका एक गरी छ बिरामीको उपचार भइरहेको छ । सिटी अस्पताल तुलसीपुरमा पनि पाँच बिरामी उपचाररत छन् । 

झाडापखाला फैलनाको मुख्य कारण मुहानको पानी दूषित भएको भन्ने पुष्टि भएको छ । सो मुहानको पानीमा कोलिफर्म भन्ने जीवाणु परीक्षणका क्रममा भेटिएपछि यस्तो पुष्टि भएको हो । 

अझै पनि चिराघाट क्षेत्रमा एम्बुलेन्स तथा नेपाली सेना र औषधिसहित चिकित्सकको टोली तयारी अवस्थामा नै राखिएको छ । आज काठमाडौंबाट पानी शुद्धीकरण गर्ने एक टोली पनि आएको गाउँपालिकाका अध्यक्ष कमासिंह डाँगीले जानकारी दिए । अब प्रभावित क्षेत्रमा व्यापक रुपमा जनचेतनामूलक कार्यक्रम गरिने डाँगीले जानकारी दिए । प्रभावित क्षेत्रको जनजीवन सामान्य बनेको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार ०७:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । तपाई कति घण्टा सुत्नुहुन्छ ? मानिसको उमेर, शारीरिक अवस्था, मानसिक स्थिती अनुसार निन्द्रा तलमाथी हुनसक्छ । तर विशेषज्ञले

खानेकुरा मिठो लाग्ने, खाएको खानेकुरा राम्ररी पच्ने, घाम ताप्न पाइने, तात्तातो चिया, कफी र सुप खान पाउने भएर धेरैलाई जाडो

डा. हेमराज कोइराला I मकर सङ्क्रान्तिमा तिलको लड्डु, तरुल, घिउ, चाकु, मुङ्गफलीको चक्की, खिचडी, बेसनको लड्डु, आदि खाने चलन छ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुने हुनाले कोरोना भाइरसको सङ्क्रमण हुन नदिन र भएमा के

ताजा समाचार

भारतबाट हुने आवतजावतमा रोक लगाइयो
 २०७८,माघ,९,आईतवार २०:२४