काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा ३ हजार २ सय मत खसेको छ ।
कांग्रेसको बिहान साढे ११ बजेबाट सुरु भएको मतदानमा दिउँसो ६ बजेसम्म ३ हजार भन्दा बढी मत खसेको हो ।
एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिहरुले मतदानमा भाग लिएका छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।
साँझ ५ बजेसम्मका लागि तोकिएको मतदान प्रक्रिया राति ९ बजेसम्मका लागि थप गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया