फेरि राजा र निर्मल निवासप्रति खनिए कमल थापा, लिङ्देनलाई पठाए यस्तो पत्र

लोकपथ
676
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले महाधिवेशनमा राजा र निर्मल निवासले नांगो नाच देखाएको भन्दै पुनः आलोचनामा उत्रिएका छन् ।

सोमबार नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई ४ बुँदे पत्र पठाउँदै आन्तरिक प्रतिष्पर्धामा निर्मल निवासको प्रत्यक्ष भूमिका रहेको भन्दै त्यसबारे छानविन गर्न माग गरेका छन् ।

‘पार्टी नेतृत्वको निर्वाचनमा पुर्व राजा र निर्मल निवासको हस्तक्षेप वारे छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनु होस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस शुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ । पार्टीको वृहत्तर हित र एकताको पक्षमा म मन वचन र कर्मले प्रतिवद्ध छु । यो पार्टीमा मेरो रगत पसिना वगेको छ । मलाई राप्रपाको धेरै माया छ । पार्टीका हजारौ कार्यकर्ताहरूको भविष्यको मलाई चिन्ता छ ।’ पत्रमा भनिएको छ ।

त्यसैगरी राजा र निर्मल निवासले पार्टीको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाउँदै आफूसँग त्यसबारे यथेष्ठ प्रमाण रहेको समेत उल्लेख गरेका छन् ।

थापा गत मंसिर १५ गतेबाट काठमाडौंमा भएको निर्वाचनमा पराजित भएका थिए । उनले आफ्नो पराजयको कारण निर्मल निवास र राजा रहेको आरोप लगाउँदै आएका छन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?