नोकिया र भिभोका नयाँ फोन बजारमा

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा केही सातायता नोकिया, एलजी, सामसुङका साथै भिभोका नयाँ मोबाइल देखा परेका छन् ।

यी मोबाइलहरुको केही विशेषताहरुः– 

नोकिया एक्स–६ : नोकियाले आफ्नो पछिल्लो मोडलको नयाँ स्मार्टफोन नोकिया एक्स–६ सार्वजनकि गरेको छ । 

पहिलो पटक नोकियाले एक्स–६मा क्वालकम स्न्यापड्रागन ६३६ चिपसेट प्रयोग गरेको छ भने यसमा अक्टाकोर १ दशमलव ८ गिगाहर्ज स्पिड रहेको छ । 

त्यसैगरी यो सेट ४ तथा ६ जीबी र्याममा उपलब्ध छ । धेरै भिडियो हेर्न तथा गेम खेल्न रुचाउनेहरूका लागि यो सेट बढी उपयोगी हुने देखिन्छ । गोरिल्ला ग्लास भी–३ द्वारा सुरक्षित यो स्मार्टफोन कतै खस्दा समेत केही असर पर्दैन ।

यसमा ३२ तथा ६३ जीबी इन्टरनल मेमोरी छ भने ३ हजार ६० एमएएचको ब्याट्रीका साथै १६ एमपी ड्युअल र ५ एमपी रियर क्यामेरायुक्त नोकिया–६ मा सेल्फीका लागि १६ एमपीको सेन्सर जडान गरिएको छ ।

नोकियाले एक्स–६ बाट फोरके एचडी भिडियो समेत खिच्न सकिन्छ ।

भिभो भी–९ युथः– स्मार्टफोन भिभो भी–९ नेपाली बजारमा सार्वजनिक भइसकेको छ । भिभो भी–९ युथमा ६ दशमलव ३ इञ्चको ठूलो फुल भ्यू डिस्प्ले छ । 

यस भिभो भी–९ आइफोन चलाएजस्तै अनुभव हुने दाबी कम्पनीले गरेको छ । यस फोनको क्यामेरामा एक्सफोजर तथा आइएसओ कन्ट्रोल, डिजिटल जुम, अटो फ्ल्यास, फेस डिटेक्सन तथा एलईडी फ्ल्यासजस्ता फिचर समावेश गरिएको छ । साथै मोबाइलमा फोटोग्राफी रुचाउनेहरुका लागि यो सेट अति उपयोगी रहेको छ । 

यसमा भएको गेम मोडका कारण स्मार्टफोनमै गेम खेलिरहेको समयमा पनि फोनकल, म्यासेज तथा अन्य एलर्टहरूलाई रोक्न सकिन्छ । 

भिभो भी–९ स्मार्टफोनको मूल्य २९ हजार ३ सय ९० रुपैयाँ पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?