ढुङ्गेलको रिहाइ विरुद्ध नेविसंघको सडक आन्दोलन

काठमाडौं । नेपाल विद्यार्थी संघले हत्या मुद्धामा जन्म कैद सजाय भुक्तान गरिरहेका माओवादी नेता बालकृष्ण ढुङ्गेलको रिहाइका विरुद्ध बुधवारबाट सडक आन्दोलन शुरु गरेको छ ।
ओखलढुङ्गाका ब्यापारी उज्जनकुमार श्रेष्ठको अपहरणपछि हत्या घटनाका मुख्य योजनाकार ढुङ्गेललाई सर्वोच्च अदालतले सर्वोस्व सहित जन्म कैदको फैसला सुनाएको थियो ।
सो मुद्धामा फरार रहेका ढुङ्गेल केही महिनाअघिमात्र पक्राउ परेका थिए ।

तर, सरकारले ढुङ्गेललाई आममाफीको सिफारिस गरेपछि उनी मंगलवार विहान जेलबाट रिहा भएका हुन ।
 हत्यारा ढुङ्गेललाई आममाफी दिने सरकारको निर्णय मानव अधिकार विरुद्ध र दण्डहिनता प्रोत्साहनका लागि भएको भन्दै नेविसंघले देशभर आन्दोलन शुरु गरेको हो ।
राजधानीका सरस्वती, अस्कल, त्रिचन्द्र, शंकरदेव, विश्वभाषा, पद्म कन्या र बालमिकी विद्यापिठमा अर्ध नग्न जुलुस प्रदर्शन गरी ढुङ्गेलाई पुनःजेल हाल्न आग्रह गरेका छन् ।
नेविसंघका अध्यक्ष नैनसिंह महरले वर्तमान सरकार अधिनायकवाद तर्फ धकेलिएको आरोप लगाउदै ढुङ्गेललाई नै देशको गृहमन्त्री बनाउन प्रधानमन्त्री केपि ओलीलाई चूनौति दिए ।
सरकारकाका विरुद्ध ‘हत्यारा छाड्न पाइँदैन, ओली सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित विभिन्न नारा सहित सडकमा उत्रेका विद्यार्थीहरुले लोकतन्त्रको रक्षाका लागि आफूहरु सधै ज्यानको वलिदान गर्न तयार रहेको बताए ।
यही सोमबार राती  मन्त्रिपरिषद्को बैठकले विभिन्न मुद्धामा जेल सजाय भुक्तान गरिरहेका ८ सय १६ जनाको कैदी–बन्दीलाई सजाय मिनाह गर्न सिफारिस गरी राष्ट्रपति कार्यालयमा बुझाएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस स्वीकृत गरेपछि मंगलबार बिहानै ढुंगेल रिहा भएको हुन ।
मानव अधिकारकर्मी र मानव अधिकारसंग सम्वद्ध संघ संस्थाहरुले पनि ढुङ्गेललाई माफी नदिन सरकारसंग जोडदार माग गरेका छन् । मानव अधिकारकर्मी चरण प्रसाईले हत्यारा ढुङ्गेललाई जसरी पनि पुनः जेल हाल्नु पर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?