सुरुङ्गामा माछापुच्छ्रे बैंकको क्यूआर कोड

लोकपथ
91
Shares

झापा । माछापुच्छ्रे बैंकले झापाको सुरुङ्गा बजारमा अवस्थित स्थानीय व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरी डिजिटल कारोबारको सुरुवात गरेको छ ।

नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने, ग्राहक तथा व्यापारीलाई सहज डिजिटल बैंकिङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ सुरु गरिएको उक्त सेवाको कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका थिए ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले आगामी दिनमा डिजिटल बैंकिङको अपरिहार्यताका बारेमा प्रकाश पारेका थिए ।

माछापुच्छ्रे बैंक पूर्वी क्षेत्रका प्रमुखव्यवसायअधिकृत डिल्लीराम गिरीले उद्घोषण गरेको उक्त कार्यक्रमा माछापुच्छ्रे बैंक प्रदेश १ का प्रदेश प्रमुख दिपेन्द्र प्रसादवाग्ले र दायित्व तथा बाह्य मामिला विभाग उपप्रमुख प्रतिमा पाण्डेको उपस्थितिले स्थानिय व्यवसायिहरुलाई क्यूआर कोड र डिजिटल बैंकिङको बारेमा थप जानकारी लिन सहज भएको थियो । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले आफुले उपभोग गरेको वस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मागर्न बैंकसम्म जानु नपर्नेलगायतका थुप्रै सुविधाहरुको कारणले गर्दा क्यूआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?