कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दैछ । 

सरकारले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७५–७६ को बजेटबारे पार्टीको आधिकारीक धारणा बनाउँन कांग्रेसले गसंसदीय दलको बैठकको आव्हान गरेको हो । बैठकमा बजेटलगायत विषयमा छलफल हुन लागेको हो ।

सरकारले मंगलबार १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेट संसदमा प्रस्तुत गरेको थियो । 

मंगलबार सार्वजनिक गरिएको बजेटबारे मिश्रित प्रतिक्रिया आएको छ भने कांग्रेसले बजेबारे सुरुमै असन्तुष्टि जनाएको छ । 

त्यस्तै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अन्तिममा कांग्रेसले मौन समर्थन जनाएको थियो भने कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले प्रस्तुत गरेको बजेट कार्यान्वयन हुन नस्कने बताएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?