काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे ।
निरजले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै संकटा ४ खेलमा ८ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ । यता पहिलो हार व्यहोरेको पुलिसले ४ खेलमा ५ अंक जोड्दै लिगको आठौं स्थानमा झरेको छ ।
हेर्नुहोस् तस्बिर :














तस्बिर : एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया