निरज बस्नेतको गोलमा संकटाको जित, जारी लिगमा पुलिसको पहिलो हार

लोकपथ
196
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाले विभागीय टिम नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

संकटालाई जित दिलाउन निरज बस्नेतले निर्णायक गोल गरे ।निरजले खेलको १८ औं मिनेटमा गोल गरेका थिए ।

May be an image of 4 people, people playing sports, people standing and outdoors

जितसँगै संकटा ४ खेलमा ८ अंक जोड्दै लिगको चौंथो स्थानमा उक्लिएको छ । यता पहिलो हार व्यहोरेको पुलिसले ४ खेलमा ५ अंक जोड्दै लिगको आठौं स्थानमा झरेको छ ।

May be an image of 2 people, people playing sports, people standing, outdoors and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?