भारतीय बैंकका कामदार दुई दिने आम हडतालमा

एजेन्सी : भारतीय बैंकका कामदारहरूले ३० मेदेखि दुई दिने आम हडताल शुरू गरेका छन् । १० लाख जति बैंक कामदार कर्मचारीहरूले हडतालमा गएपछि तलब झिक्न, एटीएम सेवा अवरूद्ध हुने देखिएको छ ।

एसबीआई, पञ्जाब नेशनल बैंक , बैंक अफ बडोदा लगायतका अधिकांश बैकका कामदारहरूले आफ्ना ग्राहकलाई यो हडतालबारे जानकारी गराइसकेका छन् ।

नीजी क्षेत्रका आइसीआइसी,एचडीएफसी, एक्सिस र कटक महिन्द्रा जस्ता बैंकहरूले सेवा उपलब्ध गराएपनि उनीहरूको चेक  क्लियरेन्स भइ हुने भुक्तानीमा समस्या हुन सक्ने देखिएको छ ।
बैंक युनियनहरूले २ प्रतिशत तलब बृद्धिका साथ विभिन्न माग राखेर आन्दोलन शुरू गरेका हुन् ।

बैंक कामदारहरूको छाता संगठन युनाइटेड फोरम अफ बैंकिंग युनियनले बैंकहरूको संगठन इन्डियन बैंक्स एसोसिएसन विरूद्ध देशव्यापी दुई दिने आम हडताल गरेको छ ।

गत ५ मेमा इन्डियन बैंक्स एसोसिएसनले युनाइटेड फोरम अफ बैंकिंग युनियनका मागलाई अस्वीकार गरेको थियो । सार्वजनिक क्षेत्रका २१ बैकहरूले कुल व्यवसायको ७५ प्रतिशत हिस्सा ओगटेका छन् ।

उनीहरूले सन् २०१८को चौथो त्रैमासमा ठूलो घाटा लागेको जनाएर कामदारहरूको मागलाई अस्वीकार गरेपछि आमहडताल शुरू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?