कांग्रेस महाधिवेशन : हालसम्म १३ सय ६५ मत खस्यो

लोकपथ
539
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा १ हजार ३ सय ६५ मत खसेको छ । मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो केहीबेर अघिको तथ्यांक अनुसार बजेसम्म ११ सय मत खसेको एक निर्वाचन अधिकृतले लोकपथलाई जानकारी दिए ।

१३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। कांग्रेसले मतदान गर्नका लागि राष्ट्रियसभा गृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरेको छ ।

जसअनुसार सभा गृहमा ५ सय १३, भृकुटीमण्डप ३ सय ५२ र भृकुटीमण्डप हलमा ५ सय मत खसेको हो ।

एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा चार हजार ७४३ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?