ग्लोबल आइएमई बैंकको थप २ शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले जेठ १५ गते मंगलबारदेखि लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाँउपालिका–८, साल्मेमा आफ्नो ८६ औँ र पर्वत जिल्लाको कुश्मा नगरपालिका–२, खुर्कोट बगैँचामा ८७ औँ शाखारहित बैकिङ्ग  सेवा सुरु गरेको छ । 

लमजुङ्ग जिल्लाको साल्मेमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सर्पूm दिन मीयालाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसैगरी पर्वत जिल्लाको खुर्कोट बगैँचामा खोलिएको सेवाकोे लागि स्थानिय छत्र बहादुर क्षेत्रीलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । 

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका यि क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?