रोकिएन सेयर बजारको पहिरो : २२ सयको बिन्दुमा झर्‍यो नेप्से

लोकपथ
182
Shares

काठमाडौं । आज सोमबार पनि सेयर बजारमा भारी अंकको पहिरो गएको छ । आज नेपालि सेयर बजार ३.३६ प्रतिशतले घटेको हो । चालू आर्थिक महिनाको ५ अवधिमा आज सेयर बजार सबैभन्दा कम विन्दुमा झरेको छ ।

आज नेपालि सेयर बजार २२ सयको बिन्दुमा ओर्लिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ७९.२३ अंकले घटेर २२८२ को बिन्दुमा झरेको छ ।

यता ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १२.४७ अंकले घटेर ४२७.५९ बिन्दुमा पुगेको छ ।

आइतबार सेयर बजारमा ८८.७० अंकको पहिरो गएको थियो । सेयर बजारमा भारी अंकको गिरावट जाँदा पनि आइतबारको तुलनामा कारोबार रकम भने बढेको छ ।

आज कुल २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७८ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार २५२ रुपैयाँको कारोबार भएको थियो ।

आज पनि १३ वटै उपसमूहको सेयरमूल्य घटेको छ । आज फाइनान्स समूहको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । यो समूहले ६.५१ प्रतिशतले घटेको छ ।

त्यसैगरी, निर्जीवन बीमा समूहको ५.२८ प्रतिशत, विकास बैंक समूहको ५.१५ प्रतिशत, लगानी समूहको ४.६८ प्रतिशत, व्यापार समूहको ४.२२ प्रतिशत, लघुवित्त समूहको ४.१४ प्रतिशत, हाइड्रोपावर समूहको ४.१ प्रतिशत, अन्य समूहको ३.४२ प्रतिशत, लाइफ इन्स्योरेन्स समूहको ३.३८ प्रतिशत, प्रशोधन एण्ड उत्पादन समूहको ३.१३ प्रतिशत, बैंकिङ समूहको २.०९ प्रतिशत, होटल एण्ड पर्यटन समूहको १.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको सेयर मूल्य १.६५ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार आज ५ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १८२ वटा कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, २ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।

आज गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । त्यसैगरी, बोटलर्स नेपाल (तराई), युनिलिभर नेपाल, माउन्टेन इनर्जी नेपाल लगायतका लगानीकर्ताले नाफा कमाएका छन् ।

यता स्वाभिमान लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, गुडवील फाइनान्स आँखुखोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी, मल्टिपपर्स फाइनान्स, आईसीएफसी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी आरबी हाइड्रोपावर लगायतका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?