काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीका उम्मेदवार डा. प्रकाशशरण महतले पार्टीले आफ्नो एजेण्डाहरुको राम्रोसँग चर्चा गर्न नसकेको टिप्पणी गरेका छन् ।
सोमबार कांग्रेसको १४औँ महाधिवेनमा मत माग्ने क्रममा डा. महतले सो कुरा बताएका हुन् ।
पार्टीसँगै उत्कृष्ट भएपनि त्यसलाई बाहिर ल्याउन नसकेका कारण आफूहरु पछि परेको नेता महतको भनाइ रहेको छ । त्यसैगरी विपक्षी कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु आफूले गरेका काममा राम्रो प्रचार गर्दैगर्दा कांग्रेसका कार्यकर्ताहरु एक अर्कामा आलोचना गर्नमा व्यवस्था हुने गरेको टिप्पणी गरे ।
‘आफनो प्रोमोसन गर्ने, पार्टीलाई प्रोमोसन गर्ने । पार्टीलाई प्रोमोसन नगर्दा के भयो भने हाम्रो यस्तो सर्वाधिक लोकप्रिय विचार संसारभरीकै राजनीतिक परिक्षणमा उत्कृष्ट ठहरिएको विचार र हामीले काम पनि गरेका छौं । त्यसका बाबजुद हामीले सेल्स गर्न सकेनौं । हामीले विज्ञापन पनि गर्न सकेनौं । अब विपक्षी दलहरुले कम्युनिष्ट बामपन्थी साथीहरुले उहाँहरु विज्ञापनमा अब्बल हामीचाही एक अर्कालाई आलोचना गर्न अब्बल ।’ महतले भने ।
त्यसैगरी आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने किसिमबाट अगाडी बढ्नुपर्नेमा उनको जोड रहेको छ । देशमा कम्युनिष्ट विचारधारा जनताले नकारीसकेको टिप्पणी गर्दै आफूहरुले आफ्नो धारणा लैजानुपर्नेमा जोड दिए ।
महतले भने, ‘त्यसकारण अब हाम्रो सम्पूर्ण ध्यान आम निर्वाचनमा नेपाली काँग्रेस जित्ने, एकअर्काप्रति केन्द्रित हुनेभन्दा पार्टी केन्द्रित हुने, विपक्षीसंग कसरी हामी सशक्त ढंगबाट प्रस्तुत हुने, अरु देशमा कम्यूनिष्ट विचार धारालाई जनताले नकारी सके तर, अझै त्यो यहाँ चलिरहेको छ । यसलाई अब निर्णायक मोडमा लग्नुपर्छ अनि देश समृद्धि र विकासमा जान्छ ।’
महाधिवेशनमा भाग नलिएका वरिष्ठ नेता रामचन्द्र पौडेल सबैले मान्ने नेता भएको बताउँदै आफूलाई नहुने बित्तिकै सम्बन्धहरु तोड्न नहुनेमा समेत जोड दिए ।
‘रामचन्द्र दाई अत्यन्त सम्मानिय नेता हो हाम्रो । वरिष्ठ नेता हुनुहुन्छ । उहाँको पिडालाई म बुझ्नसक्छु । केही धेरै व्यक्ति केन्द्रित कुराहरु हुन थाले । आफुलाई केन्द्र विन्दुमा राख्ने आफुलाई नहुने वित्तिकै तत्काल ति सम्बन्धहरु चाहि ‘ब्रेकडाउन’ गरिदिने ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया