एनएमबि बैंकको भिकेवाईसी खाताको पहिलो कारोबारमा २५ सय रुपैयाँसम्मको फाइदा

लोकपथ
182
Shares

काठमाडौं । एनएमबि बैंकले भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवाप्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा-अपडेट गर्न सकिने योजना ल्याएको छ । बैंकले आज विज्ञप्ति जारी गर्दै उक्त योजना अन्तर्गत ओम्नि च्यानल (मोबाईल, ईन्टरनेट बैंकिङ) मार्फत गरिने पहिलो कारोबार जस्तै दैनिक उपभोग्य वस्तु खरिद, विद्यायलको शुल्क, टप अप लगायतमा २ हजार ५ पाँच सय वा १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी गराएको छ ।

एनएमबि बैंकले भिडियो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश वा विदेशमा रही खाता खोली कारोवार गर्न सकिने योजना ल्याएको बताइएको छ । एनएमबि बैंक नेपाली बैंकिङ जगतमै सुरु देखी अन्त्यसम्मको पुर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक समेत हो ।

भिकेवाईसीको लागी डिजीटल यस https://vcc.nmb.com.np लिन्कमा क्लिक गर्न सकिन्छ । ‘एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङको अनुभवमा परिवर्तनको सुरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकसम्म नधाईकनै मुख्य बैंकिङ गतिविधिहरु संचालन गर्न सक्ने बैंकले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘हालको परिवेशमा पनि यस प्रकारको सेवाले हाम्रा ग्राहकहरूको लागि घरमै बसी बैंकिङ कारोवार सहज बनाउनुको साथै सवै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ प्रदान गर्दछ । जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङका सदस्यको नाताले वातावरण मैत्री बैंकिङप्रति प्रतिबद्धता परिपुर्ति गर्नु रहेको छ’, बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?