सभापतिमा देउवाकै पल्ला भारी छ : बालकृष्ण खाण

लोकपथ
806
Shares

काठमाडौं । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले १४औँ महाधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवाकै पक्षमा राम्रो माहोल भएको बताएका छन् ।

केन्द्रीय सदस्यका उम्मेदवार समेत रहेका खाणले अहिलेको अवस्थामा शेरबहादुर देउवाको विकल्प नरहेको समेत दाबी गरे ।

पार्टीको १३औँ देखि १४औँ महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाएर लान सफल रहेको समेत बताए ।

‘माहोल अहिले शेरबहादुर देउवाको पक्षमा रहेको छ । उहाँको १३औँ अधिवेशनदेखि १४औँ अधिवेशनसम्म पार्टी एक ढिक्का रह्यो । हामी चाहान्छौँ १५औँ महाधिवेशनसम्म पनि पार्टी एक ढिक्का रहोस् ।’ खाणले भने ।

यो बीचमा अन्य पार्टीहरु फुटे पनि देउवाले पार्टी फुटबाट जोगाएको समेत उनले बताए । यसअघि पार्टी फुटमा जाँदाको अवस्थामा पीडा भोगेका कारण आगामी दिनमा त्यस्तो अवस्थामा नपुर्याउनका लागि समेत आग्रह गरे ।

‘यो बीचमा धेरै पार्टीहरु फुटेका छन् । कम्युनिष्ट पार्टीहरु खण्डित भएका छन् । नेपाली कांग्रेसमा पनि विभाजनका पीडा हामीले बेहोरेका छौँ ।’उनले भने, ‘त्यो पीडा भोगेका कारण अहिलेको सभापति शेरबहादुर देउवाले एकतावद्ध रुपमा अगाडी लान सक्नुभएको छ । १४आँै देखि १५औँ महाधिवेशनसम्म जाँदा पार्टी विभाजित नभइकन अगाडी जावस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?