ट्रम्पको अंग्रेजी दुरूस्त गरी पत्र फर्काउने सेवा निवृत अंग्रेजी शिक्षिका

एजेन्सीे : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बस्ने राष्ट्रपति कार्यालयबाट सार्वजनिक गरिने अंग्रेजी पत्रहरूमा धेरै अशुद्धिहरू फेला परेका छन् ।

यस्ता पत्रहरूमा देखिएका अशुद्धिलाई  एक सेवा निवृत अंग्रेजी शिक्षिकाले सही गरेर त्यो पत्र राष्ट्रपतिकोमा फर्काइ दिएकी छन् ।

मे ३मा लेखिएको त्यो चिट्ठी अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा छापियो ।

त्यो चिट्ठी सन् २०१७मा सेवा निवृत भएकी  ६१ वर्षीया युभोने म्यासनको ठेकानमा पठाइयो ।

त्यसमा भएको गलतीलाई सच्च्याएर त्यो पत्रलाई फोटो खिचेर ह्वाइट हाउसमा फेरि मेल गरी पठाइयो ।

त्यसपछि उनले त्यसलाई फेसबुकमा पोस्ट गरिन् ।

त्यो पत्रमा प्रयोग गरिएका शब्दहरूको  प्रस्तुति कमजोर तरिकाले गरिएको उनले जनाइन् । उनले भनिन“ कमजोर लेखनमा बाधिन हुँदैन । राम्रो लेखन चाहेमामानिसले राम्रो लेख्नसक्छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?