छालाको क्यान्सर पता लगाउन डाक्टर भन्दा एआई राम्रो

एजेन्सी : कम्प्युटर मानव छाला रोग विशेषज्ञ भन्दा राम्ररी तीव्रगतिमा छालाको क्यान्सर पता लगाउन सक्ने अनुसन्धानकर्ताहरूको अध्ययनबाट  खुलेको छ । मानिस भन्दा मेसिन राम्रोगर्ने जिज्ञासालाई शान्त पार्न गरिएको अध्ययनबाट यो पता लागेको हो ।

जर्मनी , अमेरिका र फ्रान्सका विज्ञहरूको एक टोलीले कृत्रिम बौद्धिकता (एआई) प्रणालीलाई खतरनाक छालाको क्यान्सर पता लगाउने विषयमा पठाएर तयार पारे । यसो गर्न एआईलाई १ लाख छवि देखाइएको थियो ।

१७ देशका ५८ डर्माटोलोजिस्ट र मेसिनलाई ती फोटोहरू देखाइयो । यो परीक्षणमा आधाजति डर्माटोलोजिस्ट एक्पर्ट लेभल पार गरेका थिए ।

ती चिकित्सकहरू ५ वर्ष भन्दा बढी उमेरका थिए । दुई देखि पाँच वर्ष भित्रका डाक्टरहरू १९ प्रतिशत र २९ प्रतिशत दुई वर्ष भन्दा कम समयका अनुभवी डाक्टरहरूलाई यो अध्ययनमा सहभागी गराइएको थियो ।

अध्ययनकर्ताहरूका अनुसार एआई छाला क्यान्सर तीव्रगतिमा सहज पता लगाउन उपयोगी हुने छ ।

तर तत्काल डाक्टरको ठाउँमा एआइलाई ल्याउने योजना भने नरहेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?