भारतमा परेको चट्याङ र अाँधीमा परि ४७ को मृत्यु

नयाँदिल्ली : निरन्तरको चट्याङ र अाँधीमा परि भारतमा ४७ जनाले ज्यान गुमाएका छन्  । प्रकोप व्यवस्थापकहरूले यो संख्या अझै बढ्ने सक्ने चेतावनी दिएका छन्  । माझीहरूलार्इ समुन्द्री क्षेत्रमा नजान सरकारले चेतावनी दिएको छ । 

बितेका २४ घण्टाभित्र मात्रै यति ठूलो संख्यामा मानवीय हताहती भएको हो । चट्याङसँगै हावाहुरी र भारी बर्षा भएको छ । बाढीले धेरै खेतीयोग्य जमीन र नदी किनारामा रहेका मानववस्तीलार्इ असर पारेको छ । 

मेघगर्जनसहितको चट्याङ र बर्षाका कारण बिहारमा मात्रै १९ जनाको मृत्यु भएको छ । तीमध्ये ११ जनालार्इ चट्याङले भेटेको हो । निकै बाक्लो जनसंख्या रहेकत्र उत्तर प्रदेशमा पनि हुरी र बर्षाका कारण १५ जनाको मृत्यु भएको छ । ७० किलोमिटर प्रतिघण्टाको गतिमा अाएको हुरीले अरू १० जनालार्इ घार्इते बनाएको छ । झारखण्डमा पनि १३ नागरिकको ज्यान गएको छ । 

हाल भारतमा निकै गर्मी बढिरहेको छ । गर्मीबाट राहत पाउन ग्रामीण भेगका नागरिकहरू घरको अांगन र पिँढीमा समेत सुतेका बेला अकास्मातको चट्याङ र बर्षाले नागरिकको ज्यान गएको भारत सरकारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?