४ माघ २०७८, मंगलवार

टाउकोमाथि पोल खस्दा बालकको मृत्यु

२०७५,जेष्ठ,१६,बुधबार ०३:००

0
Shares

गौशाला : महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा मंगलबार साँझ खेलिरहेको अवस्थामा टाउकामाथि पोल भाँचिएर खस्दा एक बालकको मृत्यु भएको छ । 

मृत्यु हुनेमा लोहारपट्टी नगरपालिका–१, बगडा गाउँ बस्ने मोहनजी यादवका छोरा आठ वर्षीय सिकिन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतले बताए। 

बालक यादव मंगलबार साँझतिर घरनजिकै रहेको खेतको छेउमा पहिलेदेखि आधा भाग भाँचिएर होड परी बसेको ढलान पोलमा झुला झुलेर खेलिरहेको बेला पोलको माथिल्लो आधा भाग बालकको टाउकोमा झरी उनी गम्भीर घाइते भएका थिए । 

टाउको माथि नै आधा पोल झरी गम्भीर घाइते भएका बालक यादवलाई तत्काल परिवारजनले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा लगेकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति: २०७५,जेष्ठ,१६,बुधबार ०३:००

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुङ्गा प्रहार भएको छ । वीरगञ्जलाई मधेश प्रदेशको राजधानी नबनाएको आरोप लगाउँदै

काठमाडौं । मधेश प्रदेश नामाकरण गरिएकोमा असहमति जनाउँदै जनकपुरका युवाहरुले प्रदेश सांसदहरुको पुत्ला जलाएका छन् । २२ जिल्लालाई समेटेर मात्रै

काठमाडौं । प्रदेश नं २ को नाम मधेश प्रदेश राखिएको छ । आज (सोमबार) प्रदेश सभा सचिवालयमा भएको मतदानबाट दुई

काठमाडौं । प्रदेश नं २ को प्रदेशसभामा समाचार संकलनमा रोक लगाएपछि सञ्चारकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् । आज बसेको प्रदेशसभाको

ताजा समाचार