लुम्बिनी बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच सम्झौता

लोकपथ
117
Shares

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ।

सम्झौताअनुसार लुम्बिनी बैंकसँग आबद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा विभिन्न मर्चेन्ट भुक्तानीजस्ता सम्पूर्ण सेवाहरुले उपयोग गर्न पाउने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी बताए ।

सो सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभरका ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटीएमबाट आफ्ना करिब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?