भोलि संसद् बैठक बस्दै, सभामुखद्वारा बैठकस्थल अवलोकन

लोकपथ
0
Shares

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बैठक स्थलको निरीक्षण गरेका छन्।

निरीक्षणपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले मंगलबार (२८ मंसिर २०७८) देखि सुरु हुने अधिवेशनका लागि संघीय संसदका तर्फबाट सबै तयारी भैसकको बताए।


संसद बैठक तयारीकै सन्दर्भमा आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाको एन्टिजेन विधिबाट कोभिड १९ को परीक्षण गरिएकोमा रिजल्ट नेगेटिभ आएको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?