सजिओ रामोस विरूद्ध १ अर्ब अमेरिकी डलर बढीको मुद्दा

एजेन्सी : इजिप्टका एक वकिलले फुटबल खेलाडी सर्जिओ रामोसको विरूद्ध १ अर्ब युरो बराबरको क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मुद्दा दायर गरेका छन् ।

च्याम्पियन्स लिग फाइनलका बेला रामोसले जानजानी मोहम्मद सलहलाई घाइते बनाएको आरोप सहितको मुद्दामा १.१५ अर्ब अमेरिकी डलर बराबरको क्षतिपूर्ति माग गरिएको छ ।

वकिल बासेम वाबाले रामोसले मनसायगतरूपमा सलहलाई घाइते बनाए र उनलाई त्यसका लागि सजाय दिनुपर्ने बताए ।

यसको ऊजुरी फिफामा समेत दिएर मुद्दा दर्ता गरेको उनले जनाए ।

मैले यसका लागि १ अर्ब युरो भन्दा बढीको क्षतिपूर्ति दिनुपर्ने माग राखी मुद्दा दायर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?