कालीगण्डकीमा पाैडी खेल्न गएका बालक बेपत्ता

पाल्पा : कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एक बालक हराएका छन् । 

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटबाट बेपत्ता भएका हुन् । 

साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको खोजी कार्य भर्इरहेको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?