सभापतिका उम्मेदवार शेखर कोइरालाले गरे मतदान (तस्बिरसहित)

लोकपथ
217
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार शेखर कोइरालाले मतदान गरेका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा कोइरालाले मतदान गरेका हुन् ।

राष्ट्रियसभा गृहको मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पनि मतदान गरिसकेका छन् ।

बिहान ८ बजे सुरु हुने भनिएको मतदान साढे ११ बजे मात्रै सुरु भएको थियो । अहिले मतदान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?