एएसबीआईले माल्यालाई बेलायतको टाटपल्टाइ अदालतमा ल्याउने

एजेन्सी : भारतको सबैभन्दा ऋण लगानी गर्ने स्टेट बैंक अफ इन्डियाले ऋण फिर्ता गराउन भगौडा व्यवसायी विजय माल्यामाथि दबाब दिन बेलायतमै अतिरिक्त कानुनी दबाब बनाउने योजना बनाएको छ ।

भारतमा बान्टेड लिस्टमा रहेका माल्या अहिले बेलायतमा लुकि बसेका छन् । भारतका बैंकहरूबाट ठूलो रकम ऋण लिएर बेलायत भएका माल्यालाई बेलायतको टाटपल्टाइ अदालत( बैंकक्रप्सी कोर्ट)मा व्यक्तिगत टाटपल्टाइ कानुन अन्तर्गत मुद्दा गर्न सकिने देखिएकोले बैंकले यसलाई उपयोग गर्ने भएको छ । भारत बेलायतको कमनवेल्थ राष्ट्रमा पर्छ ।

यसका सदस्य राष्ट्रहरूलाई यो सुविधा उपलब्ध  छ । बैंकको यो योजनासँग जानकार व्यक्तिले भने “ हामी बैंकको धन फिर्ता ल्याउन अकाश पाताल एक गर्ने छौं ।”

बैंकले माल्याको अन्तर्राष्ट्रिय सम्पत्ति रोक्का गर्ने सफलता प्राप्त गरिसकेको छ । हामीले माल्यामाथि कानुनी कारबाहीको दबाब सिर्जना गरी ऋण फिर्ता गराउन सफल हुने विश्वास लिएको उनले जनाए ।
दुई साता अघि १३ भारतीय बैंकहरूले माल्यामाथि दायर गरेको धोखाधडी र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा जित हासिल गरेकाछन् ।

यी बैंकहरूले फिर्ता पाउने रकम १.५५ अर्ब अमेरिकी डलर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?