निर्वाचन समितिले माफी मागेपछि काममा फर्किए पत्रकारहरु

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थलामा धर्नामा बसेका पत्रकारहरु काममा फर्किएका छन् ।

निर्वाचन समितिले माफी मागेपछि पत्रकारहरु काममा फर्किएका हुन् ।

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले माफी मागेपछि समाचार संप्रेशणमा फर्किएका हुन् ।

समाचार संकलनका लागि मतदानस्थल पुगेका पत्रकारहरुमाथि अवरोध भएको थियो । समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई प्रहरीले फोटो तथा भिडियो खिच्नमा अवरोध गरेको थियो ।

निर्वाचन समितिको निर्देशनमा भन्दै प्रहरीले उनीहरुमाथि अवरोध खडा गरेको थियो । आफूहरुलाई काममा अवरोध गरिएको भन्दै पत्रकारहरु क्यामरा डाउन गरेर धर्नामा बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?