सडक छोट्याउन देशभर ७ वटा सुरूङमार्ग

काठमाडाैं : जटिल पहाडी भूगोलका कारण सतही सडक निर्माणमा लागत र समय बढि खर्चनुपरेपछि सरकारले पहिलो चरणमा मुलुकका ७ स्थानमा सूरूङमार्ग बनाउने भएको छ ।

अथर्मन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदमा सार्वजनिक गरेको अागामी अार्थिक बर्ष २०७५/७६ को बजेट वक्तव्यमा सुरूङमार्ग निर्माणबारे विस्तृतमा उल्लेख गरिएको छ ।
सरकारले बनाउन लागेको सुरूङमार्ग :
नाैबिसे-नागढुंगा
टोखा-छहरे
बुटवल-पाल्पा
कोटेश्वर–जडीबुटी
खुर्कोट–चियाबारी
विपी नगर–खुटिया–दिपायल
थानकोट–चित्लाङ

सरकारले अागामी अार्थिक बर्षदेखि नै नाैबिसे-नागढुंगा खण्डमा सुरूङमार्ग निर्माण शुरू गर्ने भएको छ । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जार्इका) ले यो खण्डको सुरूङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीअार) तयार गरिसकेको छ । 

नुवाकोटलार्इ केन्द्रीय राजधानी काठमाडाैंसँग जोड्ने टोखा-छहरे सुरूङमार्ग, रूपन्देहीस्थित बुटवल सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको सिद्दबाबा खण्ड, अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी खण्ड, विपी लोकमार्गको खुर्कोट–चियाबारी, विपी नगर–खुटिया–दिपायल खण्ड र गणेशमान सिंह मार्गको थानकोट–चित्लाङ खण्डमा सुरुङमार्ग निर्माणका लागि सरकारले बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?