कांग्रेस महाधिवेशनमा प्रेसमाथि अवरोध, क्यामरा डाउन गरेर बसे पत्रकारहरु

लोकपथ
343
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको महाधिवेशन स्थलमा सञ्चारकर्मीहरुलाई प्रहरीले अवरोध गरेको छ ।

महाधिवेशनस्थलमा समाचार संकलन गर्न गएका विभिन्न सञ्चारगृहका पत्रकारहरुलाई प्रहरीले समाचार संकलनमा अवरोध गरेको हो ।

मतदानस्थल भृकुटीमण्डपमा पत्रकारहरु मतदानको फोटो तथा भिडियोका लागि पुगेका थिए । तर प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउँदै फोटो तथा भिडियो खिच्नमा अवरोध पुर्याएको छ । त्यससँगै प्रत्रकारहरु क्यामरा डाउन गरेर बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?