पुर्टो रिकोको आँधीमा ४ हजार ६ सय व्यक्तिको मृत्यु

टम्प : पुर्टो रिकोमा सन् २०१७ मा मारिया अाँधीबाट कम्तिमा ४ हजार ६ सय जनाको मृत्यु भएको अमेरिकी अनुसन्धाताहरूले उल्लेख गरेका छन् । 

अमेरिका अधिनस्थ यो क्यारेवियन टापूमा सन् २०१७ को सेप्टेम्बरमा मारिया नामक अाँधीले धनजनको ठूलो क्षति गरेको थियो । क्षतिको प्रारम्भिक विवरण अाउँदा करिब १ हजार नागरिकको मात्र मृत्यु भएको जनार्इएको थियो । 

तर अमेरिकाले गठन गरेको अनुसन्धान समूहले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार प्रारम्भिक अांकडाभन्दा झन्डै ७० गुणा बढि मानिस मारिएको तथ्य बाहिर अाएको छ । अाँधीका कारण बस्ती नै विनास भएकाले अहिलेसम्म थप हजाराैं नागरिकको अवस्था पत्ता लाग्न सकेको छैन ।

सुरूमा सरकारले जम्मा ६४ जनाको मात्र मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । तर, सरकारी तथ्याङ्कपछि एक स्वतन्त्र अनुसन्धानले उक्त प्रलयकारी प्राकृतिक विपद्मा झण्डै एक हजार व्यक्तिले ज्यान गुमाएको हुनसक्ने बताएको थियो ।

पछिल्लो अनुसन्धानमा सम्लग्न हावर्ड विश्वविद्यालयका अनुसन्धान अधिकारीले सन् २०१७ को सेप्टेम्बर २० देखि डिसेम्बर ३१ सम्ममा चार हजार ६४५ जनाले ज्यान गुमाएको अनुसन्धानका क्रममा थाहा हुन आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?