बल्ल सुरु भयो कांग्रेसको मतदान

लोकपथ
259
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान साढे ३ घण्टा ढिला गरि सुरु भएको हो ।

मतदानका सबै प्रक्रियाहरु पूरा भए पनि मतपत्र छपाइमा ढिलाइ भएका कारण मतदानमा ढिलाई भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको सभापति पदका लागि ५ जना चुनावी मैदानमा रहेका छन् । भने देशभरबाट आएका ४ हजार ७ सय ४४ महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नेछन् । भृकुटीमण्डमा तीन ठाउँमा मतदानको व्यवस्था गरिएको छ । जहाँ १ हजार भन्दा बढी मतपेटिकाहरु राखिएका छन् ।

शनिबार १३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । भने त्यसमध्ये ५७ जनाले उम्मेदवारी फिर्ता गरेसँगै कुल ४ सय ९३ जना प्रतिष्पर्धाको मैदानमा रहेका छन् ।

सभापतिमा निर्वतमान सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?