अझै सुरु भएन कांग्रेसको मतदान, साढे ३ घण्टादेखि प्रतिनिधि लाइनमा

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज मतदान हुँदै छ ।

बिहान ८ बजेका लागि मतदानको समय छुट्टयाइए पनि अझै मतदान सुरु हुन सकेको छैन । मतपत्र छाप्न ढिलाइका कारण मतदानमा ढिलाइ भएको हो ।

अन्य सबै तयारी पूरा भएको छ । बिहानैदेखि देशभरका महाधिवेशन प्रतिनिधिहरु लाइनमा बसेका छन् । तर अझै मतदान सुरु हुन सकेको छैन ।

कांग्रेसको सभापति पदका लागि ५ जना चुनावी मैदानमा रहेका छन् भने देशभरबाट आएका ४ हजार ७ सय ४४ महाधिवेशन प्रतिनिधिहरुले मतदान गर्नेछन् ।

भृकुटीमण्डमा तीन ठाउँमा मतदानको व्यवस्था गरिएको छ । जहाँ १ हजारभन्दा बढी मतपेटिकाहरु राखिएका छन् ।

मतदानस्थलमा पुगेका उम्मेदवारहरुले मतदाताहरुसँग मत मागिरहेका छन् ।

शनिबार १३४ पदका लागि ५ सय ४८ जनाको उम्मेदवारी परेको थियो । भने त्यसमध्ये ५७ जनाले उम्मेदवारी फिर्ता गरेसँगै कुल ४ सय ९३ जना प्रतिस्पर्धाकाे मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?