हिंसापीडितलाई सुरक्षित आवासगृहमा सेवा

RSS
143
Shares

रुकुम । रुकुम (पूर्व) मा अहिलेसम्म २ सय १९ हिंसापीडितले अल्पकालीन सुरक्षित आवासगृह (सेफ हाउस) मार्फत सेवा लिएका छन् ।

सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त आवासगृहमा हालसम्म जिल्लाका तीनवटै गाउँपालिकाका २ सय १९ हिंसापीडितले सेवा लिएका छन् । ती मध्ये १ सय ९९ महिला र २० पुरुष छन् । सिस्ने गाउँपालिकाद्वारा आवासगृहमा सञ्चालन सम्बन्धी आयोजित सरोकारवालासँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

यसमा सिस्नेका १ सय ८०, भूमेका १४ ,पुथा उत्तरगंगा गाउँपालिकाका १३ र रोल्पाका दुई हिंसापीडितले आवासगृहका सेवा लिएको मनोविमर्शकर्ता सुगन्धा मल्लले जानकारी गराइन् । उनका अनुसार शारीरिक र मानसिक हिंसापीडित १ सय ६०, जबर्जस्ती करणीमा परेका १२, सम्बन्धविच्छेदका १५, स्रोतसाधनबाट वञ्चित ११ जनाले सेवा लिएका छन् ।

यसैगरी बोक्सी आरोप, बहुविवाह र बालविवाहका तीन/तीन गरी नौ , आर्थिक कारोबारका पाँच, ज्यानसम्बन्धीका दुई, विष सेवन र बाल श्रमशोषनको एक/एक गरी दुई हिंसापीडितले सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताइन् । यसमा अहिलेसम्म १२ समस्यालाई स्थानीय तहको न्यायिक समितिमार्फत मेलमिलाप गराइएको छ । जिल्ला प्रहरी कार्यालय, ओसीएमसी, न्यायिक समितिलगायतसँगको सहकार्य समन्वयमा हिंसापीडितलाई ‘काउन्सिलिङ’ गर्ने काम भइरहेको जनाइएको छ ।

अहिले आवासगृहमा ५८ छन् । हिंसापीडितले राहत पाइरहेको भए पनि यसको सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उनको भनाइ छ । आवासगृहमा जिल्लाभरिका हिंसापीडितलाई सेवा दिने गरेको भए पनि आर्थिक पाटोमा साझेदारी संस्थासँग सिस्नेले मात्र सहकार्य गरेको छ । यसमा भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले पनि सहकार्य गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

हिंसापीडितलाई सम्बन्धित निकायकहाँ पु¥याउँदा आर्थिक समस्या पर्ने गरेको छ भने न्यायिक समितिमा, प्रहरीमा गएर मिलेर गएका पनि पटकपटक उस्तै समस्या लिएर सेफ हाउसमा आउँदा उनीहरुको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा पनि अन्योल भएको मनोविमर्शकर्ता मल्लले बताए ।

अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र जिल्ला प्रहरी प्रमुख गणेशबहादुर श्रेष्ठले आवासगृह न्याय प्रक्रियाको अभिन्न अंग भएको बताए । सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले पनि आवासगृहमा यहाँका हिंसापीडितलाई राहत मिलेको बताएका छन् ।

सिस्ने गाउँपालिकाले पालिकामा लैंगिक हिंसा निवारण कोषसमेत खडा गरेर हिंसापीडितलाई सहयोग गरिरहेको छ । गाउँपालिकाले हिंसामा परेकालाई आयस्रोतको लागि काम गर्न जनाउँदै १० देखि २० हजार रुपैयाँसम्म आर्थिक सहायताअर्थात् अनुदान दिने गरेको गाउँपालिकाका महिला तथा बालबालिका शाखाका सुनिता खड्काले जानकारी दिइन् ।

अहिलेसम्म चार जनालाई अनुदानसमेत दिइएको छ । तीन जनालाई १०÷१० हजार रुपैयाँको दरले र एक जनालाई १८ हजार रुपैयाँको दरले लैंगिक हिंसा निवारण कोषबाट आर्थिक अनुदान दिएको उनले बताइन् । सिस्नेमा २०७६ साल फागुन १८ गते आवासगृह तयार गरिएको हो । नियमित सेवा भने २०७७ जेठ २० बाट सुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?