शेखर र रामचन्द्रबीच बोहोराटारमा भेट, के भयो कुराकानी ?

लोकपथ
903
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेस सभापतिका उम्मेदवार डा. शेखर कोइरालाबीच भेटघाट भएको छ ।

मतदानको दिन आज बिहान डा. कोइराला पौडेललाई भेट्न पौडेल निवास बोहोराटार पुगेका थिए ।

भेटघाटका क्रममा पौडेलले लामो समयसम्म छलफल गर्दा पनि संस्थापनइतर एक हुन नसकेकोमा दु:ख व्यक्त गरेका थिए । लामो समयसम्म संस्थापनइतरबाट साझा उम्मेदवार छनोटका लागि छलफल भए पनि उक्त समूह तितरबितर भएको छ ।

जसको कारण उक्त समूहका एक नेता डा. कोइराला र अर्का नेता प्रकाशमान सिंह दुवै मैदानमा रहेका छन् भने पौडेल प्रतिस्पर्धाबाट बाहिरिएका छन् । उनले कोइरालाको टिमलाई नै समर्थन गरेका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज निर्वाचन हुँदै छ । सभापतिका लागि ५ जना प्रतिस्पर्धाको मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?