ए डिभिजन लिग : पुलिस र संकटा भिड्दै, कसले मार्ला बाजी ?

लोकपथ
221
Shares

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र नेपाल पुलिस क्लब भिड्दै छन् ।
संकटा र पुलिसबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पुलिस ५ अंक जोडेर सातौं स्थानमा रहेको छ । दुवै टिम एकअर्कालाई हराएर अंक तालिका सुधार्ने दाउमा मैदान उत्रने छन् ।

यस्तै दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबभिड्दै छन् । जावलाखेल र ब्रिगेडबीचको खेल ४:४५ बजे सुरु हुनेछ ।

जावलाखेलले अघिल्ला तीन खेलमा लगातार हार व्यहोरेको छ । ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?