प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता सुरु

RSS
42
Shares
v]n cjnf]sg ub}{ k|wfg ;]gfklt yfkfnufot sf7df8f}+, @& dlª;/ . k|wfg ;]gfklt k|yd /fli6«o 6]lg; k|ltof]lutfsf] z’ef/Desf lbg ;f]daf/ hËL c•fsf] v]nd}bfgdf v]n cjnf]sg ub}{ k|wfg ;]gfklt k|e’/fd yfkfnufot . t:jL/ M /Tg >]i7÷/f;;

काठमाडौं । प्रधानसेनापति प्रथम राष्ट्रिय लन टेनिस प्रतियोगिता २०७८ आजदेखि सुरु भएको छ । नेपाल टेनिस संघको प्राविधिक सहयोगमा नेपाली सेनाद्वारा आयोजित सो प्रतियोगितामा १५ क्लवका १ सय ८५ खेलाडीको सहभागिता छ । विभिन्न १२ ‘इभेन्ट’ २ सय १ प्रतिस्पर्धा हुने प्रतियोगिता आगामी पुस ५ सम्म सञ्चालन हुने छ ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय परिसरमा आयोजित कार्यक्रममा मुख्य निर्णायकलाई बल हस्तान्तरण गरी प्रतियोगिताको शुभारम्भ गरे । प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ), फ्ल्यास स्पोर्टस् क्लब लाजिम्पाट, कास्की जिल्ला टेनिस संघ, काठमाडौं जिल्ला लन टेनिस संघ, ग्रीनल्याण्ड टेनिस क्लब, टिम टेनिस नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नर्लिङ स्पोर्टस भिल्ला , भादगाउँ स्पोर्टस्, मण्डिखाटार टेनिस क्लब, याक एण्ड यति क्लव, रुपन्देही लन टेनिस संघ, सातदोबाटो टेनिस क्लब र सेन्ट जेभियर्स क्लबको सहभागिता छ ।

सो समारोहमा सैनिक तालिम महानिर्देशक निरञ्जनकुमार श्रेष्ठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयले प्रतियोगिता आयोजना गरिएकोे बताए । सेनाले २०६८ सालबाट ‘सामरी स्ल्याम’ टेनिस सञ्चालन गर्दै आएकामा सातौँ संस्करणसम्म सञ्चालन भएको थियो ।टेनिसमा अभिरुचि राख्ने खेलाडीलाई प्लेटफर्मको सही व्यवस्थापन गरी स्थायी ढंगले खेल विकास गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?