शाक्यद्वारा मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवन शिलान्यास

RSS
221
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् ।

दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब नौ करोड रुपैयाँको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो । हाल महानगरले पाँच करोड रुपैयाँ सहयोग गरेको छ ।

कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी थिए । कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अंग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?