काठमाडौँ- सरकारले हत्या अभियोगमा जेल सजाय भोगिरहेका पूर्वसभासद बालकृष्ण ढुंगेललाई गणतन्त्र दिवसको अवसरमा जेल सजाय छुट दिएकोबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले संघीय संसद्मा विरोध गरेको छ ।
आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट प्रस्तुत गर्न मंगलबार बसेको प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक प्रारम्भमै कांग्रेस सांसदले उठेर विरोध गरेका हुन्, नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया