मड्रिड डर्बीमा रियल मड्रिड विजयी

लोकपथ
140
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गतको मड्रिड डर्बीमा रियल मड्रिडले जित हात पारेको छ । आइतबार राति भएको मड्रिड डर्बीमा रियलले एट्लेटिको मड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियलको घरेलु मैदानमा खेलको १६ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

Image

त्यस्तै, खेलको ५७ औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २-० को सहज जित दिलाए । यस जितसँगै रियलले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । रियलले १७ खेलमा ४२ अंक जोडेको छ ।

एट्लेटिको २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?