मतदानमा ढिलाइ : राष्ट्रिय सभागृह पुगे शेखर र प्रकाशमान

लोकपथ
721
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज मतदान हुँदैछ ।

बिहान ८ बजेका लागि भनिएको मतदान अझै सुरु हुन सकेको छैन । मतदानस्थल भृकुटीमण्डपमा यतिबेला उम्मेदवार तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिती रहेको छ । सभापतिमा ५ जनाले प्रतिष्पर्धामा रहेका छन् ।

सो क्रममा सभापतिका उम्मेदवार डा. शेखर कोइराला र प्रकाशमान सिंह राष्ट्रिय सभागृुहमा पुगेका छन् ।

सभापतिसहित १३४ पदका लागि ४९१ जना चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदानस्थल निर्माण भएको छ ।

प्रकाशित नामावलीअनुसार एक सभापतिका लागि पाँच जना, दुई जना उपसभापतिका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जनाको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?