कांग्रेस महाधिवेशन : बालुवाटार बन्यो फेक समाचार उत्पादन गर्ने कारखाना

लोकपथ
287
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत वरिष्ठ नेता रामचन्द्र पौडेल तटस्थ बस्ने भएका छन् । तर प्रधानमन्त्री निवास बालुवाटारबाट उनका सहयोगीहरुले फेक समाचार उत्पादन गरेको खुलासा भएको छ ।

पौडेलले देउवालाई सभापतिमा समर्थन गरेको भनेर बालुवाटारले फेक समाचार उत्पादन गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परिवारले गएराति पौडेलसहित शशांक कोइरालासमेतले देउवालाई समर्थन गरेको दाबीसहितको समाचार सञ्चारमाध्यमलाई सेयर गरेका थिए । देउवा र शशांकसँगको छुट्टाछुट्टै भेटका क्रममा उनीहरुले देउवालाई समर्थन गरेको दावी बालुवाटारको थियो । जसमा पौडेलको समर्थन रहेको भनेर पौडेल चित्र चिन्तनलाई समेत कोट गरिएको थियो ।

तर, पौडेल पुत्र चिन्तनले आफूलाई कोट गरिएको भन्ने कुरा नै गलत रहेको स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मैले बुबाले देउवालाई समर्थन गर्नुभएको छ भनेँ भनेर लेखिएको कुरा भ्रमात्मक हो । यो महाधिवेशनमा बुबा बिलकुलै निष्पक्ष र तटस्थ रहनु भएको छ । त्यसैले मभलाई कोट गरेर भनिएको कुरा गलत हो । यस्ता गलत प्रचार नगर्न अनुरोध गर्दछु ।’

१४ औँ महाधिवेशनमा सभापतिको दौडमा रहेका पौडेल आफ्नो समूहमा सहमति नजुटेपछि केन्द्रीय सदस्यको उम्मेदवार समेत बनेका छैनन् । उनले आज महाधिवेशनमा भोट समेत नखसाल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?