बजेट बक्तव्य मार्फत आफ्नै बोली फेर्यो सरकारले : लोकप्रिय योजना सार्वजनिक गर्दा छुट्यो पुराना वाचा

सरकारले चालु आर्थिक वर्षको बजेटमा २५ प्रतिशतले आकार बढाएर बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गर्दा तत्कालिन एमालेले चुनावको समयमा बाँडेको प्रतिवद्धतालाई ने समावेश गरेका छैनन् ।

तर सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत ल्याएको छ ।

बजेटमा केहि लोकप्रिय कार्यक्रम समेटिएका छन् । जसअन्तर्गत साना किसान सहकारीबाट ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहाको घोषणा भएको छ । खर र परालले छाएका घरलाई जस्ताको छाना मुनी ल्याउने घोषणा गरेका छन्। तर सरकारले आगामी वर्ष समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भएको छ । सरकारले अब समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा नयाँ बजेटमार्फत ल्याएको छ ।

७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ । कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेतापनि बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईएको छैन । बजेटमा सरकारी कर्मचारीको तलब बृद्धि गरिएको छैन । यद्यपी सरकारी कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने घोषणा भएको छ ।

जबकी यो एजण्डा नै बनाएको भनेर चुनावताका लोकप्रियता र भोट बढाएको थियो । नेपालको ईतिहासमा दुई तिहाई पाउने यो दोस्रो सरकार हो। तर सरकारले बजेमार्फत समाजिक सुरक्षा भत्तामा वृद्धि नगर्ने भन्दै समाजिक सुरक्षालाई एकीकृत गर्ने घोषणा गरेको हो । ७० वर्ष माथिका नागरिकको एक लाखसम्मको स्वास्थ्य बिमाको शुल्क भने सरकारले नै तिर्ने नीति ल्याइएको छ । कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेतापनि बजेटमा सामाजिक सुरक्षा भत्ता बढाईएको छैन । बजेटमा सरकारी कर्मचारीको तलब बृद्धि गरिएको छैन । यद्यपी सरकारी कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने घोषणा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?