आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्छः गगन थापा

लोकपथ
49
Shares

नेपाली काँग्रेसका नेता तथा महामन्त्रीका उम्मेदवार गगनकुमार थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आगामी निर्वाचनमा पार्टीलाई जिताउन १२ लाख मतदाताको मन जित्न सक्नुपर्ने बताएका हुन् । पार्टीलाई निर्वाचनमा जिताउन सही नेता र नेतृत्वको आवश्यक रहेको उनले बताए । नेता थापाले काँग्रेस उज्यालो देखिने गरी आफू सहभागी नेतृत्वले काम गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेता थापाले भने, ‘यो अधिवेशन सकिनासाथ हामी अधिवेशनका सबै प्रतिनिधिहरु आ आफ्नो घर जान्छौँ । यो अधिवेशनको प्रक्रियामा करिव ९ लाख भन्दा बढी क्रियाशील सदस्यहरु सहभागि हुनुभएको छ र जसले क्रियाशील सदस्यता लिनुभयो, वडामा सहभागी हुनुभयो र विभिन्न तहमा प्रतियोगीहरु छान्नुभएको छ । यो सकिसकेपछि पार्टीलाई सुदृढ बनाउने, बलियो बनाउँछौँ । त्यसपछि हामी पार्टीलाई निर्वाचनमा लिएर जान्छौँ । पार्टी निर्वाचनमा जाँदै गर्दा सबै पार्टीको सदस्यलाई सोध्यो भने निर्वाचन हामी जित्नु पर्छ भन्छन् । अघि शेखर दाईले भन्नुभयो, गठबन्धन सरकारलाई लिएर निर्वाचनसम्म जाने हो । निर्वाचन एक्लै लड्ने हो जित्ने हो । तर हाम्रो गणितले हामीलाई के भन्छ भने नेपालमा कम्युनिष्ट पार्टी मिलेको अवस्था हे¥यौं, क्षेत्रिय पार्टी मिलेको अवस्था हे¥यौं, नेपाली काँग्रेसले अरु सबै बिर्सिएर निर्वाचनको मात्रै चर्चा गर्ने हो भने निर्वाचन एक्लै जित्ने हो भने अहिले भएको मतदातामा करिव १०÷१२ लाख अरु मतदाता थप्नुपर्छ । त्यसका लागि काँग्रेसमा यस्तो नेता चाहियो, जसलाई नेता र नेतृत्व यो भनेर हेर्दै गर्दा बाहिरका मानिसलाई काँग्रेसमा आउँ आउँ लागोस् ।’
नेता थापाले सफा, पवित्र र निश्चल काँग्रेस शेखर कोईरालाको नेतृत्वमा देखिने भएकोले आफूलाई जिताउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?