गगनको ओलीलक्षित कटाक्ष : कांग्रेसमा ‘बा’ले पढ्ने लिस्टको कुनै अर्थ छैन

लोकपथ
949
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशनमा महामन्त्रीका उम्मेदवार रहेका गगन थापाले एमालेमा जस्तो लिस्ट कहिले आउँछ भनेर कांग्रेस कार्यकर्ताले कुरेर बस्नु नपर्ने बताएका छन् ।

सोमबार हुन लागेको कांग्रेसको महाधिवेशनअन्तर्गतको निर्वाचनको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा थापाले एमाले महाधिवेशनका क्रममा नारायणी किनारमा बसेका एमाले प्रतिनिधिले होटलबाट अध्यक्ष केपी शर्मा ओलीको लिस्ट कहिले आउँछ भनेर कुरेर बसेको र त्यस्तो अवस्था कांग्रेसमा नहुने बताए ।

नारायणीको तिरमा घामा तापिरहेको एमाले कार्यकर्ताको ध्यान होटलमा थियो, लिस्ट कहिले आउँछ भनेर’ उनले भने, ‘यहाँ बाले पढ्ने लिस्टको कुनै अर्थ छैन । महाधिवेशनको सुन्दरता छ ।’

उनले यो कांग्रेसभित्रै प्रतिस्पर्धा भएको भन्दै भृकुटीमण्डपमा भेला भएका मतदाताको हातमा आफूहरुको भाग्य रहेको बताए ।

‘भोलि हाम्रो भाग्य के हुने भन्ने छ न अनुपम न वालुवाटारमा बसेर हुन्छ। हाम्रो तागत भृकुटीमण्डपमा छ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?