११ चैत्र २०७९, शनिवार

न्यायालयमा न्याय हरायो : डा केसी

२०७४,आश्विन,२५,बुधबार ०५:४३

0
Shares

 काठमाडौँ, २५ असोज ।प्रा डा गोविन्द केसीले न्यायपालिकामा न्याय हराएको बताएका छन ।सात दिनदेखि चिकित्सा शिक्षा र चिकित्सा क्षेत्रमा सुधारको माग राखी शिक्षण अस्पताल, महाराजगञ्जमा १३औँ पटकको आमरण अनशन बसिरहेका केसीले रासससँग कुरा गर्दै न्यायपालिकाको मर्यादाका लागि नागरिकको हैसियतबाट आन्दोलन गर्ने बताए ।उनले भने, “न्यायपालिका न्यायविहीन भएको छ, जनताको सेवक हुुनुपर्ने न्यायपालिकाका न्यायकर्ताले हाकिम बनेर शासन गर्न हो भने न्याय खोज्न जनता कहाँ जाने ? यसको विरुद्धमा लड्नु सबै नेपालीको कर्तव्य हो ।”प्रा डा केसीले आफूले सदैव चिकित्सा शिक्षा र चिकित्सा क्षेत्र सबै नेपालीका लागि सहज हुनुपर्छ भनेर चिकित्सकका हैसियतमा लडाइँ लडिरहेको बताउँदै अब न्यायपालिकाका गलत फैसलाविरुद्ध लडाइँ लड्ने स्पष्ट पारे ।उनले भ्रष्टाचार मुद्दा लागेका आयल निगमका महानिर्देशक गोपाल खड्कालाई न्यायालयले उन्मुक्ति दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।उनले सरकारका सबै अंगलाई सम्मान गर्ने भन्दै त्यसलाई सञ्चालन गर्ने राजनीतिक व्यक्ति र राजनीतिक दलले खराब बनाएको आरोप लगाए ।डा केसीले संशोधनसहित तत्काल चिकित्सा शिक्षा विधेयक कात्तिक ४ गते संसद्को कार्यकालअघि नै पारित गर्न अनुरोध गर्नुभएको छ ।डा केसीले अनसनको छैटौँ दिनसम्म सरकारका तर्फबाट कुनै किसिमको प्रतिक्रिया नआएको पनि जानकारी दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,२५,बुधबार ०५:४३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

थ्री नेसन्स कप : भुटान र लोआस भिड्दै
 २०७९,चैत्र,११,शनिवार १८:०३
नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ
 २०७९,चैत्र,११,शनिवार १७:११